
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आइतबार भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतको प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल सम्हाल्ने क्रममा हुन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत जान लागेका हुन् ।
जुन मन्त्रीपरिषद् बैठकबाट प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई स्वीकृति दिइएको छ, सोही बैठकबाट भारतका लागि नेपाली राजदूतलगायत अन्य ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णयसमेत भएको छ ।
एकातिर राजदूत फिर्ता बोलाउने, अर्कोतिर त्यही देशको भ्रमणमा प्रधानमन्त्री जान लागेको भन्दै अहिले विभिन्न टिप्पणी भइरहेको छ ।
कूटनीतिक क्षेत्रमा यसले राम्रो सन्देश नदिएको कूटनीतिज्ञहरूको बुझाइ छ । प्रधानमन्त्री प्रचण्ड भारतबाट फर्केपछि राजदूतलाई फिर्ता बोलाउनु पर्थ्यो वा उनी भ्रमणमा जानुअघि फिर्ता बोलाएर अर्को नियुक्त गरेर जाँदा राम्रो हुन्थ्यो भन्ने उनीहरूको तर्क छ ।
आफ्नो राजदूतलाई फिर्ता बोलाइसकेपछि देशको कार्यकारी प्रमुख त्यहाँ जानुले राम्रो सङ्केत नदिने कूटनीतिक मामिलाका जानकार बताउँछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij