Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कारागारका कर्मचारीसहित कैदीबन्दी होटलमा रमाउदै

कारागारका कर्मचारीसहित कैदीबन्दी होटलमा रमाउदै

  • काठमाडौं । कञ्चनपुरमा प्रहरीले होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा कारागारका कर्मचारीसहित कैदीबन्दीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले कारागार नजिक पन्तहोटलमा मदिरा सेवन गरिरहेको अवस्थामा कारागारका खरिदार जीवन पन्त, कैदीबन्दी भुवन थापा र उनका साथी अमरसिंह थापालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ परेका तीनै जनामाथी छानबिन भइरहेको प्रहरीले जनाएको छ । थापा कारागारका नाइके हुन् ।

    उक्त घटनापछि प्रहरीले कारागार सुरक्षामा रहेका कारागार सुरक्षा प्रमुख समेत परिर्वतन गरेको छ । ९५ जना कैदी क्षमता रहेको कञ्चनपुर कारागारमा हाल साढे पाँच सय कैदीबन्दी रहेका छन् ।

    सुरक्षा समवेदनशिलता भएको कारागारमा कार्यरत कर्मचारी नै कैदीबन्दीले मदिरा सेवन गरिरहेको अवस्थामा पक्राउ परेपछि त्यसको चौतर्फी आलोचना भईरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij