Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

१४ किलो सुन तस्करी प्रकरण : सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश

१४ किलो सुन तस्करी प्रकरण : सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश

  • काठमाडौँ । १४ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले सबै प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो । 

    images
    images
    images

    उच्चले जिल्ला अदालत काठमाडौँले यसअघि थुनामा पठाउने भनी गरेको आदेश मिलेकै देखिएको भन्दै सोही आदेश सदर गरेको हो । जिल्लाले थुनामा पठाउने आदेश गरेपछि उनीहरू उच्च अदालत गएका थिए ।

    उच्चले पनि थुनामा पठाएपछि अब उनीहरू सर्वोच्चसम्म जान पाउने छन् । उच्चले  सुन तस्करीको अभियोगमा थुनामा रहेका लेकबहादुर तामाङ, रमेश देउला ,अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ,शेरबहादुर बस्नेत ,कृष्णकुमार श्रेष्ठ,मीनबहादुर घले र  जीवन गुरुङलाई थुनामा पठाएको हो । 

    यो विवादमा नेपाल सरकारका तर्फबाट पनि उच्चमा निवेदन पुगेको थियो । जसअनुसार प्रतिवादीको तर्फबाट २०८० चैत ७ मा र सरकारवादीको तर्फबाट २०८१ जेठ १७ गते निवेदन दर्ता गराइएको थियो । 

    यसअघि २०८० पुस २३ गते जिल्ला अदालत काठमाडौँले सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।  

    जिल्ला अदालत काठमाडौँका न्यायाधीश शङ्कर बहादुर राईको इजलासले सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । दुई जना  प्रतिवादी भने तत्कालीन समयमा फरार रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij