Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

बाल यौन दुर्व्यवहार आरोपमा प्रहरी निरीक्षक शिवाकोटी पक्राउ

बाल यौन दुर्व्यवहार आरोपमा प्रहरी निरीक्षक शिवाकोटी पक्राउ

  • काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।बालिकालाई यौन दुव्र्यव्यहार गरेको आरोपमा इन्सपेक्टर बिदुर शिवाकोटी पक्राउ परेका हुन् ।

    images
    images
    images

    १४ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा शिवाकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेले जानकारी दिए । बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा शिवाकोटीले आफूमाथि बलाकार गरेको उजुरी गरेकी छन् ।

    सोही उजुरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बालिका शिवाकोटीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी थिइन् ।

    शिवाकोटीले पढाइदिने भनेर उनलाई सानै उमेरदेखि कामदारको रुपमा घरमा ल्याएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij