Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रतिनिधि सभा विघटनको मुद्दा : संविधान सभामा भएका सहमतीको रेकर्ड झिकाउन माग

प्रतिनिधि सभा विघटनको मुद्दा : संविधान सभामा भएका सहमतीको रेकर्ड झिकाउन माग

  • काठमाडौं । संसद विघटनविरुद्ध परेका रिट निवेदनहरुमाथि सर्वोच्चको संवैधानिक इजलासमा बहस जारी छ ।

    images
    images
    images

    आजको बहसमा संसद पुनस्थापनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका निवेदकहरुले संसद विघटनसम्बन्धी संविधान सभामा भएको सहमतीको रेकर्ड झिकाउन माग गरेका छन् ।

    आइतवार (आज) को संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले त्यस्तो माग गरेका हुन् । ‘प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिने कुरा संविधानसभामा बकाइदा सहमति भएको छ, त्यो अभिलेख झिकाइयोस् ।’ बहस गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले भने ।

    संविधान सभाका समितिहरुले त्यसबेलाका छलफलको अभिलेखीकरण गरेको र त्यसको आधारमा विधायिकी मनसाय बुझ्न सजिलो हुने उनको धारणा रहेको छ ।

    त्यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आवश्यकता अनुसार संविधानसभामा भएको अभिलेख झिकाउने बताएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij