Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

के भयो सहकारी ठगी छानबिन समितिको पहिलो बैठकमा ?

के भयो सहकारी ठगी छानबिन समितिको पहिलो बैठकमा ?

  • काठमाडौं । लामो रस्साकस्सीपछि प्रतिनिधिसभाले गठन गरेको सहकारी ठगी छानबिन संसदीय विशेष समितिको पहिलो बैठक बुधबार बसेको छ । १५ जेठमा एमाले सांसद सूर्य थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो । 

    images
    images
    images

    उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारीमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न सिफारिस गर्ने कार्यादेश पाएको छानबिन समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट सदस्य छन् । 

    समितिको पहिलो बैठकमा कार्यविधि बनाउनेबारे निर्णय भएको छ । सचिवालयका कर्मचारीलाई कार्यविधिको मस्यौदा बनाउन जिम्मेवारी दिइएको समिति सदस्य राप्रपा सांसद ध्रुवबहादुर प्रधानले जानकारी दिए ।

    उनका अनुसार बुधबारको बैठकमा सबै सदस्यहरूले दलगत स्वार्थभन्दा माथि उठेर सहकारी प्रकरणमा छानबिन गर्ने बताएका छन् । उनले भने, ‘सहकारी ठगी आम जनतासँग जोडिएको विषय हो, यसमा कुनै राजनीति दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने भन्ने समान धारणा आएको छ ।’ 

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामिछानेमाथि सहकारी ठगीमा छानबिन गर्न संसदीय समिति बन्नुपर्ने माग राखी लगातार संसद अवरोध गरेपछि सत्ता पक्ष समिति बनाउन तयार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij