Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

फोहोरमैलालाई मजाकको विषय नबनाऔँ : ओली

फोहोरमैलालाई मजाकको विषय नबनाऔँ : ओली

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहोरमैलालाई मजाकको विषय नबनाउन सम्बद्ध सबैको ध्यानाकर्षण गरेका छन् । विश्व वातावरण दिवसका अवसरमा ‘राष्ट्रका लागि दुई घण्टे अभियान’ले आज आयोजना गरेको अरनिको राजमार्ग सफाइ अभियानको बेलुन उडाएर उद्घाटन गर्दै अध्यक्ष ओलीले फोहोरमैला व्यवस्थापनमा अभियानमा सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गरे ।

    onlinepatrika
    Arghakhachi

    उनले भने, “फोहोरमैला मजाकको विषय होइन, फोहोरमैला प्रतिशोधको विषय पनि होइन, यो गैरजिम्मेवारी प्रदर्शन गर्ने विषय पनि होइन, फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी हामी सबैको हो । यसलाई कर्तव्यका रूपमा लिई फोहोरमैला व्यवस्थापन अभियान सफल बनाउन सबैसँग अनुरोध गर्दछु ।”

    AGNI GROUP

    उनले वातावरण दिवसका दिन एक–दुई गोष्ठी, सभासम्मेलन र औपचारिक वृक्षरोपण गरेर मात्र प्रदूषण नरोकिने उल्लेख गर्दै वातावरण संरक्षण अभियानमा समाजका सबै तहतप्काबाट साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । 

    कार्यक्रममा नेपाली कांग्रेस भक्तपुृर जिल्ला सभापति एवं सङ्घीय सांसद दुर्लभ थापा, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य दिलीप प्रजापति, नेकपा ९एमाले० भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायत विभिन्न व्यक्तित्वको सहभागिता थियो ।

    राष्ट्रका लागि दुई घण्टे अभियानका अध्यक्ष मधु ढुङ्गेल, संयोजक नरेश रञ्जितले अभियानलाई तीव्रता दिएर भक्तपुरलाई सफा बनाउने अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।  अभियानमा जीवन विज्ञान, गैरसरकारी संस्था महासङ्घ भक्तपुरलगायत २० भन्दा बढी सङ्घ संस्थासम्बद्ध व्यक्तिसहित विद्यार्थीको उल्लेख्य उपस्थिति थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij