Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

आज संसदमा बजेटमाथि उठेका प्रश्नको दिँदै अर्थ मन्त्री

आज संसदमा बजेटमाथि उठेका प्रश्नको दिँदै अर्थ मन्त्री

  • काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

    images
    images
    images

    बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको अर्थ मन्त्री वर्षमान पुनले जवाफ दिने कार्यक्रम पनि तय गरिएको छ ।

    images

    यस्तै आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ भने अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्नेछन् ।

    images

    बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची तय गरिएको छ ।

    त्यस्तै, आज अर्थ मन्त्री पुनले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’, ‘भन्सार महशुल विधेयक, २०८१’ लाई प्रस्तुत गर्नेछन् भने ‘भन्सार महशुल विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij