Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

  • काठमाडौं । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले प्रहरीले पक्राउ गरेको छ ।  

    images
    images
    images

    पक्राउ पर्नेहरूमा दोलखा घर भई ललितपुर टिकाथली बस्ने ४१ वर्षीय ईश्‍वर प्रसाद काफ्ले र रौतहट घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ३८ वर्षीय राजेन्द्र क्षेत्री खरेल रहेका छन् । 

    उच्च अदालत पाटनको फैसलाले बैंकिङ कसूर मुद्दामा ईश्‍वर प्रसादलाई ३२ लाख २० हजार रूपैयाँ विगो वापतको रकम, १८ दिन कैद र १ लाख २८ हजार ८ सय रूपैयाँ जरिवाना तथा राजेन्द्र क्षेत्रीलाई ३७ लाख रूपैयाँ विगो वापतको रकम, १७ दिन कैद र १ लाख ५८ हजार २ सय ८० रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij