
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । कपिलवस्तु मालपोतका नायब सुब्बा नरहरी खनालविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिइएको थियो ।
सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई ३० हजार बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij