Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

विमानस्थलबाट अवैध मुद्रासहित एक विदेशी नागरिक पक्राउ

विमानस्थलबाट अवैध मुद्रासहित एक विदेशी नागरिक पक्राउ

  • काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रासहित लेबनानका नागरिक ४९ वर्षीय राबिह अवि चकरलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    एयर ईण्डियाको उडानद्वारा दिल्ली हुँदै दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा व्यागबाट ४ लाख ८० हजार नेपाली रूपैयाँ, १७ हजार ५ सय २० अमेरिकी डलर, २ हजार ८० युएई दिराम र २६ लाख १० हजार लिबान लिभरे फेला पारी पक्राउ गरेको हो । 

    उनलाई उक्त मुद्राहरूसहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij