Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

माधव, उपेन्द्र र महन्थलाई देउवाले किन बाेलाए बुढानीलकण्ठ ?

माधव, उपेन्द्र र महन्थलाई देउवाले किन बाेलाए बुढानीलकण्ठ ?

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादी, जसपा नेपाल र लोसपालाई छलफलका लागि आफ्नाे निवासमा बोलाएका हुन् । देउवाले मधेस प्रदेश सरकार गठन लगायतका विषयमा छलफल गर्न मधेसवादी दललाई छलफलका लागि बोलाएका हुन् । कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धन बाहेकको सरकार बन्ने देखिन्छ । 

    images
    images
    images

    मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । मधेस प्रदेशमा एमाले, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij