
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । ललितपुर इमाडोलबाट एक बृद्ध महिला गाँजासहित पक्राउ परेकी छिन् । ललितपुर प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका-१ सम्झना टोलबाट सोही ठाउँ बस्ने काभ्रे पनौती घर भएकी ५९ वर्षीया मनुमाया तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट अवैध लागूऔषध गाँजा २ किलो ८० ग्रामसहित प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij