
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको सर्वसाधारणका लागि खोलिएको आइपीओ बाँडफाँड गरिएको छ ।
आइतबार बिहान १२ करोड ४८ लाख ९० हजार ४०० बराबरको १२ लाख ४८ हजार ९०४ कित्ता साधारण शेयर बाँडफाँड गरिएको छ ।
जसमा एक लाख २४ हजार ८९० जनाले १०-१० कित्ता सेयर पाएका छन् । त्यस्तै चार जनालाई एक एक कित्ता सेयर पाएका छन् । कम्पनिले कुल शेयरमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको थियो ।माबिलुङ्ग इनर्जीले सञ्चालन गरिरहेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रहेको छ ।
आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रहेको छ । माबिलुङ्ग इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहको छ ।
आइपिओ बाँडफाँटको नतिजा सीडीएससी आइपीओ रिजल्ट पोर्टल, मेरो सेयर एकाउन्टलगायतबाट हेर्न सकिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij