Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

जनकपुरलाई 'विवाह केन्द्र' र लुम्बिनीलाई 'जन्म केन्द्र' बनाइने

जनकपुरलाई 'विवाह केन्द्र' र लुम्बिनीलाई 'जन्म केन्द्र' बनाइने

  • काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालको पर्यटन प्रवर्द्धनका लागि 'वेडिङ हब (विवाह केन्द्र)' र 'बर्थिङ हब(जन्म केन्द्र)'को अवधारणा अघि ल्याएका छन् ।

    images
    images
    images

    मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै उनले नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गर्ने बताए ।

    वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यका रूपमा विकास गरिनेछ,' उनले भने । त्यस्तै, उनले रामजानकी विवाहस्थललाई 'वेडिङ हब' र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई 'बर्थिङ हब'का रूपमा प्रवर्द्धन गरिने पनि जानकारी दिए । 
          
    अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षका लागि पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड विनियोजन गरेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij