Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

नवलपुरमा बस दुर्घटना !

नवलपुरमा बस दुर्घटना !

  • काठमाडौं । गएराती परेको पानीका कारण सडक भासिदा नवलपरासीबाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ८५१३ नं.को बसले अचानक ब्रेक लगाउने क्रममा बस भित्र रहेका यात्रुहरू हुत्तिएर बसभित्रै ठोक्किँदा ८ जना घाइते भएका छन् ।

    images
    images
    images

    घाइते हुनेहरूमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका-७ सहित ८ जना घाइते भएका हुन् । दुर्घटनामा सरावल २ बस्ने ४० वर्षीया कुन्तीदेवी चौधरी, सोही ठाउँका ७० वर्षीया चम्पा थारु, ५७ वर्षकी देवकी चौधरी, ७५ वर्षका कलेसी थारु, ६५ वर्षकी गर्भीदेवी थरुनी, ६७ वर्षका भेषनारायण थारु, ५६ वर्षकी कान्तिदेवी थरुनी र बर्दघाट नगरपालिका १२ की ४३ वर्षीया सन्जीदेवी थरुनी घाइते भएको नवलपुर प्रहरीले जनाएकाे छ ।

    images

    घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij