Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मुख्यमन्त्रीबारे अझै अन्योल : अंक मिलाउन दलहरूलाई हम्मेहम्मे

मुख्यमन्त्रीबारे अझै अन्योल : अंक मिलाउन दलहरूलाई हम्मेहम्मे

  • काठमाडौं । जसपा नेपाल सरोज यादव नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनका लागि दलहरुबीच केही दिनअघिसम्म हानाथाप चलिरहेको थियो । अहिले भने त्यो क्रम सेलाए जस्तै भएको छ ।

    images
    images
    images

    सरकारबाट बाहिरिएसँगै एमाले र माओवादी केन्द्र सहितका दल मिलेर नयाँ सरकार गठनको गृहकार्य सुरु गरेका थिए । तर अहिले त्यो प्रयासमा ‘ब्रेक’ लागेको छ ।

    सुरुमा एमाले, माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाबीच नयाँ सरकारका लागि पहल गर्ने सहमति भएको चर्चा भएको थियो । तर जनमतले आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने अडान लिएपछि सहमति त्यो चर्चाले औपचारिक सहमतिको रुप पाउन सकेन ।

     
    जनमत पार्टीबाट संसदीय दलका नेता महेश यादव मुख्यमन्त्री बन्ने सहमति भएको विषय पनि चर्चा चलेको थियो । तर एमालेका मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले माओवादी र जनमत पार्टीबाट यस्तो हल्ला चलाइएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij