
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । मधेस प्रदेशमा कुन दलको नेतृत्वमा सरकार बन्ने अझै अनिश्चित देखिएको छ । केही समयअघि प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने चर्चा चलेको थियो । जनमत पार्टीबाट महेश यादव मुख्यमन्त्री बन्ने सहमति भएको कुरा पनि बाहिर आएको थियो ।
एमाले, माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत (समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बिचमा यस विषयमा सहमति भइसकेको कुरा माओवादी केन्द्र र जनमत पार्टीका नेताहरूले प्रतिक्रिया दिएका थिए । तर अहिले उक्त सम्झौता कार्यान्वयनको कुनै अत्तोपत्तो छैन ।
एमालेको मधेस प्रदेश संसदीय दलका नेता सरोज यादव भने सरकारका लागि हालसम्म कुनै पनि सहमति नभएको बताउँछन् । उनले भने, ‘यो माओवादी र जनमत पार्टीबाट चलाइएको हल्ला मात्र हो ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij