Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चक्र तोड्न राजनीतिमा आए: उपप्रमुख डंगोल

चक्र तोड्न राजनीतिमा आए: उपप्रमुख डंगोल

  • काठमाडौं- महिलाहरुको आत्मविश्वाश, आत्मसम्मान र क्षमता बढ्न नदिने कथाको चक्र तोड्न आफू राजनीतिमा आएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।

    images
    images
    images

    वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा बोल्दै उनले, महिलाहरुलाई प्रतिकुल अवस्थाबाट माथि उकास्न निरन्तर प्रयास गरिरहेको बताइन् । त्यस क्रममा उनले सामाजिक मान्यताका आयामहरुमा चर्चा गर्दै, नेपाली राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको बताए ।

    ‘यसबाट महिलाको अवस्थालाई सामाजिक तथा प्राकृतिक न्याय अनुकुल निर्माण गर्नमा योगदान पुग्नेछ ।’ उनको भनाइ छ ।

    सूचना र प्रविधिले रुपान्तरित हुँदै गरेको विश्व परिवेशमा लैङ्गिक समानता र समावेशीकरणका लागि रणनीतिक राष्ट्रिय अन्तरराष्ट्रिय सञ्जाल निर्माण हुनेछ । यसबाट आफ्नो परिवेशलाई विश्वका अन्य परिवेशसँग तुलना गर्न र सुधारका काम गर्न सहज हुनेछ । कार्यक्रममा डंगोलले भनाइ राखिन ।

    शनिवार उपप्रमुख डंगोलले, अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गरेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij