
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै आज विरोध प्रदर्शन गर्दै छ । अहिलेसम्म संसदमा मात्र विरोध गर्दै आयेको कांग्रेस अब भने सोहि मुद्धालाई सडकमा लिएर जान लागेको हो ।
काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई सफल बनाउन काठमाडौँ, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरिरहेका छन् ।
कांग्रेसले सहकारीको बचत अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij