
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौै । नेकपा (एमाले) जेठ १२ गतेदेखि १४ गतेसम्म हुने चितवनको ११औं जिल्ला अधिवेशनको तयारी पूरा भएको एमाले जनाएको छ । ७६१ प्रतिनिधि सहभागी हुने जिल्ला अधिवेशनको उद्घाटन गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ ।
भरतपुर महानगरपालिका -४ को ग्यालेक्सी रिसोर्टमा हुने उद्घाटन समारोहमा एमालेका केन्द्रीय नेताहरुको सहभागिता रहने एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले जानकारी दिए । अधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र दुई जना उपसचिव सहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।
जिल्ला कमिटीमा कम्तिमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ । त्यसमा १० प्रतिशत पछि मनोनित गर्न सकिने व्यवस्था छ । अधिवेशनमा जिल्लाका ७ पालिका, विभिन्न जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायत गरी ७३२ जना र २९ मनोनित गरी ७६१ जना प्रतिनिधि सहभागी हुनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij