
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब राम्रा र फराकिला सडक तथा आकर्षक पुल नेपालमा नै बन्न थालेकाले सेल्फी खिच्नका लागि विदेश गइरहनु नपर्ने बताउनुभएको छ । विदेशका जस्तै सडक, पुल लगायतका भौतिक संरचना नेपालमा नै धमाधम बनिरहेको जनाउदै उहाँले यस्तो बताउनुभएको हो ।
बुधबार झापाको कमल गाउँपालिकास्थित पाडाजुंगीमा पूर्व पश्चिम राजमार्गको काकडभिट्टा लौकही सडक स्तरउन्नती योजना शिलन्यास गर्दै ओलीले मुलुकको समग्र विकासका लागि भौतिक विकास पनि प्रमुख माध्यम भएको बताउनुभयो । ‘विदेशमा गएर ठुला गगनचुम्बी भवनको अगाडि सेल्फी खिच्ने तर नेपालमा पनि किन ठुला भवन र संरचना चाहियो भनेर विरोध गर्ने परिपाटी पनि देखेको छु’, ओलीले भन्नुभयो।
नेपालमा नै विदेशका जस्ता सडक, पुल र भवन बन्ने उहाँको भनाइ छ । ‘केही समयपछि अब यहाँ बनेको सडक र पुलहरुमा सेफी खिच्न लायक बन्नेछन्’, ओलीले भन्नुभयो । सडकहरुको विकास र स्तरउन्नतीले विकासका धेरै आयामलाई जोड्ने ओलीको भनाइ थियो। यस प्रकारका योजनामा सबैलाई समान रुपमा अवसर प्राप्त गराउने र आफूले पनि अवसर लिने प्रयत्न गर्नुपर्ने बताउनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij