Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

नेकपा विवादको भित्री पाटोको नालीबेली

नेकपा विवादको भित्री पाटोको नालीबेली

  • काठमाडौँ । आधिकारिकताको विवाद चुलिएको नेकपामा दलको विधानसमेत दुई थरी रहेको पाइएको छ । पार्टी एकीकरणका क्रममा आयोगमा एउटा विधान बुझाइएको थियो । उक्त विधान गत वर्ष माघमा केन्द्रीय कमिटीबाट परिमार्जन गरिए पनि आयोगलाई जानकारी दिएर त्यसको अभिलेख अद्यावधिक गराइएको थिएन ।

    images
    images
    images

    त्यही कारण अहिले नेकपाका केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षबीच कुन विधानका आधारमा विवाद छिनोफनो गर्ने भन्ने रस्साकसी चलेको छ ।

    images

    अहिले निर्वाचन आयोगले पत्राचार गर्दा एक थरी र नेकपाका दुई समूहले आयोगमा पत्राचार गर्दा अर्को थरी विधान प्रयोग गरिएको देखिन्छ । आयोग र दलका दुई पक्षले प्रयोग गरेका विधानका धारा मेल खाँदैनन् । आयोगमा रहेको नेकपाको फाइलमा महासचिव विष्णु पौडेलको हस्ताक्षर रहेको अन्तरिम विधान छ । दलले भने पुस्तकका रूपमा प्रकाशन गरेको अन्तरिम विधान प्रयोग गरिरहेको छ । आयोगमा रहेको विधान नै पुस्तकका रूपमा छापिएको बताइए पनि कतिपय महत्त्वपूर्ण विषयमै भिन्नता छ ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षले आयोगले प्रयोग गरेको विधानमाथि प्रश्न उठाएको छ । उक्त पक्षले बुधबार आयोगलाई पठाएको पत्रमा विधानको आधिकारिताको विषय उल्लेख छ, जसमा भनिएको छ– आयोगले पत्रमा उल्लेख गरेको विधानको व्यवस्था र पार्टीको विद्यमान विधानका व्यवस्था फरक छन् । ओली पक्षले पार्टीको आधिकारिक विधानका आधारमा आयोगले पत्राचार गर्नुपर्नेतर्फ ध्यानाकर्षणसमेत गराएको छ ।

    आयोगले भने एकीकरणका बेला पार्टीका तर्फबाट बुझाइएको विधानकै धारा प्रयोग गरेर पत्राचार गरिएको जनाएको छ । ‘पार्टी एकीकरणका बेला दलका तर्फबाट प्रमाणित गरेर जुन विधान पेस गरिएको छ, आयोगले त्यसैका आधारमा पत्राचार गरेको हो,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘आयोगले मान्ने भनेको प्रमाणित विधानलाई नै हो ।’ तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक भएर नेकपा गठनका लागि २०७५ जेठ ३ गते आयोगमा निवेदन दिइएको थियो । आयोगले जेठ २३ गते पार्टी एकीकरण भएको निर्णय दिएको थियो । आयोगको अभिलेखमा रहेको विधानमा हरेक पानामा पार्टीको छाप तथा महासचिव पौडेलको हस्ताक्षर छ । कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij