
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै उपेन्द्रले दायर गरेको रिटउपर सर्वोच्च अदालतमा आज सुनुवाइ छ । उक्त मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र अब्दुल अजीज मुसलमानकोमा पेसी परेको छ ।
यादवको रिट इजलास नम्बर ४ को अन्तिमतिर अर्थात् ‘म’ मा परेकाले आज सुनुवाइको सम्भावना कम छ । हिजो पनि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।
जेठ २ गते न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश दिँदै हिजो छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij