
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । इजरायलको आक्रमणका बीच हमास शासित गाजाबाट ९ लाख मानिस विस्थापित भएका छन् । अल जजिराका अनुसार, यो त्यहाँको कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी हो ।
संयुक्त राष्ट्रसंघका अनुसार, यस प्यालेस्टाइनी क्षेत्रको उत्तर र दक्षिणमा इजरायलको सैन्य अभियानका बीच पछिल्लो दुई सातामा ४० प्रतिशत जनसंख्या भन्दा बढी मानिस भाग्न बाध्य भएका हुन् ।
७ अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलले हमासलाई समाप्त पार्ने कसम खाँदै युद्ध घोषणा गरेको थियो । त्यसयता इजरायलले निरन्तर गाजामा आक्रमण गरिरहेको छ । हालसम्म ४० हजारभन्दा धेरै मारिइसकेका छन् । हजारौंको संख्यामा घाइते छन् । इजरायलतर्फ १३ सयभन्दा बढी मारिँदा दर्जनाभन्दा बढी इजरायली अझै हमासको कब्जामा रहेको बताइन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij