Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

आजको दृश्य राम्रो भएन, : सांसद पाण्डे

आजको दृश्य राम्रो भएन, : सांसद पाण्डे

  • काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको दृश्य राम्रो नभएको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पाण्डेले भने, ‘आजको दृश्य राम्रो भएन ।

    आज विश्वासको मत लिनेजस्तो महत्त्वपूर्ण कुरामा पनि अत्यन्त नमज्जाको खालको वातावरण भयो । प्रमुख प्रतिपक्ष दल लगायतका साथीहरुले विपक्षमा भोट पनि हालेनन् । एक खालको वहिष्कार जस्तो भयो । शान्त वातावरणमा विश्वासको मत लिने वातावरण बनेन ।’

    एकीकृत समाजवादीले सरकार छोड्ने निर्णय नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनले बताए । उनले अर्को निर्णय नभएसम्म पार्टी सरकारमा बस्ने बताए । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइहाल्नुपर्ने स्थिति नआएको भन्दै उनले किन विश्वासको मत लिए भन्ने आफूले बुझ्न नसकेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij