
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । प्रहरीले सिन्धुलीबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीलाई प्राप्त सूचनाका आधारमा खोजतलास गर्दा खैरो हिरोईन, गाँजा लगाएतका लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पक्राउ पर्नेमा तीनपाटन गाउँपालिका-९ का विनोद परियार र गोलञ्जोर गाउँपालिका ६ का रविन मैनाली रहेका छन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी अनिल कुमार खड्काका अनुसार प्रहरीले उनीहरुको डेराबाट लागु औषध खैरो हिरोईन २८ वटा सानो सानो प्याकेट ४ दशमलब ८९० ग्राम, गाँजा १५ दशमलब र एसपीएएसएमओ १ ट्याब्लेट बरामद गरेको जानकारी दिएका छन । घटनाको अनुसन्धान भईरहेको खड्काले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij