Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

विष्णु पौडेलले भने , प्रचण्ड सरकारले पूरै कार्यकाल काम गर्नेछ

विष्णु पौडेलले भने , प्रचण्ड सरकारले पूरै कार्यकाल काम गर्नेछ

  • काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गरेका छन् ।

    images
    images
    images

    सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतमाथिको छलफलका भाग लिँदै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई अझ दह्रो कदमका साथ अघि बढ्न पनि आग्रह गरेका हुन् । 

    उनले सिंगो देश र संसदले साथ दिने भएकाले प्रधानमन्त्री प्रचण्डले पछि हट्नुपर्ने कुनै कारण नभएको बताए । उपध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई सरकारमा सहभागी सबै दलले विश्वासको मत दिने विश्वास पनि व्यक्त गरे ।

    ‘प्रधानमन्त्रीज्यूले हिजोभन्दा अझ फराकिलो आधारमा विश्वासको मत प्राप्त गर्दै हुनुहुन्छ । तपाईं दह्रो कदमका साथ अघि बढ्नुहोला ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij