
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । संसदमा नेपाली काँग्रेसले असभ्य व्यवहार गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङको व्यवहार असभ्य भएको उनको भनाइ छ ।बिहीवारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोष्टममा जान इसारा गरेका थिए ।
अध्यक्ष ओलीको इसारापछि उपसभापति गुरूङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ ।
अध्यक्ष ओलीले शुक्रवार सो बारेमा संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए । उनले कांग्रेस सांसदहरूले अपशब्द प्रयोग गरेको पनि बताए ।
साथै, कांग्रेसका सांसदहरूले सरकारबाट आफूले हटाइदिएको आरोपमा रिस देखाउँदै आफूमाथि असभ्य व्यवहार गरेको अध्यक्ष ओलीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij