Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

यात्रुहरुलाई झन्झटरहित सेवा दिनुहोला: गृहमन्त्री लामिछाने

यात्रुहरुलाई झन्झटरहित सेवा दिनुहोला: गृहमन्त्री लामिछाने

  • काठमाडौं । गृहमन्त्री रवि लामिछानेले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने तथा नेपाल आउने यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन दिएका छन् ।

    images
    images
    images
    आज हज कमिटीमा जानेहरूको बिदाइ गर्न विमानस्थल पुग्नुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गर्नु भएपछि सो निर्देशन दिएका हुन् ।

    यसैगरी मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन निर्देशन दिए । उनले भने, ‘यात्रुहरुलाई झन्झटरहित सेवा दिनुहोला, विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनु त्यसतर्फ ध्यान दिइने छ ।’

    मन्त्री लामिछानेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रस्थान, आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij