काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको हो ।
विवाह काठमाडौंमा गर्ने र भोज विराटनगरमा आयोजना गर्ने तयारी भएको छ । यसअघि उनले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएर मात्रै बिहे गर्ने बताउँदै आएका थिए ।