
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्र लेखेको छ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्षसमेत रहेका जीबी अरबौं ठगेर भागेका छन् ।
उनी अहिलेपनि प्रहरीको मोस्ट वान्टेड सूचीमा छन् । नेपाल प्रहरीले राईको राहदानी रद्द गर्न पत्राचार गरेको छ । राई भने लामो समयदेखि सम्पर्कविहीन छन् ।
उनीविरुद्ध यसअघि नै इन्टरपोलबाट डिफ्युजन र रेड नोटिस जारी भइसकेको छ । अर्बौं ठगी गरेर भागेका जीबीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij