
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा कोइरालालाई आइतबार मुख्यन्यायाधिवक्तामा पद मुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
मोरङको विराटनगर महानगरपालिका-९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकारसमेत हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij