
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेताहरुबीच बालुवाटारमा छलफल जारी छ । संसद्को गतिरोध अन्त्यलगायत विषयमा प्रधानमन्त्री दाहाल र कांग्रेस नेताहरुबीच छलफल चलिरहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला, संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलगायत छलफलमा सहभागी छन् ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनु पर्ने मागसहित प्रतिनिधिसभा बैठकमा पटक-पटक अवरोध गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij