
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं, भर्खरै पार्टी विभाजन व्यहोरेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एकपछि अर्को संकट थपिएको छ ।अहिले यादव प्रधानमन्त्री दाहालकै क्याविनेटमा उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् ।
यादवले हिजोमात्रै आकस्मिक पत्रकार सम्मेलन गरेर पार्टी विभाजन असंवैधानिक भएको र त्यसका विरुद्ध अदालतमा चूनौति दिने घोषणा गरेका छन् । पार्टी विभाजनपछि उपेन्द्र यादव र प्रधानमन्त्री पुष्पकमल दाहालबीच वारपारको लडाईं सुरू भएको छ ।
यादवले बहुमत सदस्यहरु आफूसँग रहेको पनि जिकिर गरेका छन् । अहिले मधेश प्रदेशको नेतृत्व जसपा, नेपालबाट सरोज यादवले गरेका छन् । सरकारमा प्रधानमन्त्री दाहालको दल माओवादी पनि सहभागी छ ।
प्रधानमन्त्री दाहालले भरत साहलाई फोन गरेर तत्काल सरकारबाट बाहिरिन निर्देशन दिएपछि अहिले माओवादी मधेश प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ । बैठकले सरकारबाट बाहिरिएको घोषणा गर्नेछ ।
प्रधानमन्त्री प्रचण्डको यो मुभले मधेश प्रदेश सरकारबाट पनि उपेन्द्र यादव आउट हुने सम्भावना बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij