
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नर्भिक अस्पताल भर्ना गरिएको छ । रामेछापको मन्थली-३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा उनी बाटोमै खाल्टे भन्ने ठाउँमा पुगेपछि बिरामी भएका थिए ।
त्यसपछि उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो । जम्कट्टेलमा प्रेसर लो र अक्सिजनको लेभल कमको समस्या देखिएको छ ।
अहिले उनको नर्भिक अस्पतालको इमर्जेन्सीमा भर्ना गरेर उपचार भइरहेको जम्कट्टेलको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij