
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । टी–२० क्रिकेट सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेल आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा रोहित ८२ रन बनाएर आउट भएका हुन् । उनले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।
उनलाई वेस्ट इन्डिज ‘ए’ का हेडन वाल्शले आउट गरे । यो वाल्शको दोस्रो विकेट हो ।
यसअघि सन्दीप जोरा १९, कुशल भूर्तेल १, कुशल मल्ल ४ रनमा भए । आसिफ शेख भने डगआउट भए ।
नेपालले ओभरमा ५ विकेटको क्षतिमा रन बनाएको छ । २१० रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij