
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ ‘मनाङे’बीच भेटवार्ता भएको छ ।
बुधबार बिहान गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गुरुङ प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक घटनाबारे छलफल भएको जनाएको छ ।
‘मन्त्री राजिव गुरुङले आज बिहान प्रधानमन्त्रीसँग भेटवार्ता गर्नु भयो, भेटमा समसामयिक राजनितिक घटनाक्रम र गण्डकीको विद्यमान राजनितिक अवस्थाका बारेमा छलफल भएको थियो,’ मन्त्री गुरुङको सचिवालयले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij