Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

रास्वपाका लिम्बू सहित १६ उम्मेदवारको धरौटी जफत

रास्वपाका लिम्बू सहित १६ उम्मेदवारको धरौटी जफत

  • काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा १६ उम्मेदवारको धरौटी जफत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलका सहित स्वतन्त्र उम्मेदवार समेत १६ जनाको धरौटी जफत भएको हो ।

    images
    images
    images

    कानून अनुसार ल्याउनु पर्ने न्यूनतम मत ल्याउन नसकेका उम्मेदवारहरूको धरौटी जफत भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ७१ मा कुल सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारको धरौटी फिर्ता नहुने व्यवस्था छ ।

    उपनिर्वाचनमा कुल ६८ हजार ४७२ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत (६ हजार ८४७ मत) ल्याउन नसेकका उम्मेदवारले राखेका जनही रु १० हजार जफत भएको हो ।

    वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले पाँच हजार ५०, राप्रपाका लक्ष्मी गुरुङले ४०४ र एकीकृत समाजवादीका जीतबहादुर राईले ४०८ मत प्राप्त गरे । त्यस्तै नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३, राप्रपा नेपालका गणेशबहादुर चौहानले ४३, जनमत पार्टीका प्रेमबहादुर थाम्सुहाङले ११८ भोट ल्याए ।

    २७ हजार ७७२ मत पाएका नेकपा (एमाले)का सुहाङ नेम्वाङ इलाम-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij