Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

संसद विघटनविरुद्ध मुद्दामा बहस शुरु

संसद विघटनविरुद्ध मुद्दामा बहस शुरु

  • काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुमाथि आज पनि सुनुवाइ शुरु भएको छ । आज पनि गत बिहीवार जस्तै संवैधानिक इजलासमा गर्ने कि पूर्ण बृहत इजलासबाट सुनुवाइ गर्ने भन्ने विषयमा बहस भइरहेको छ ।

    images
    images
    images

    अहिले सरकारका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गरिरहेका छन् ।

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधी निर्वाचनको घोषणा गरेसँगै त्यसको विपक्षमा सर्वोच्चमा दर्जन बढी रिटहरु परेका छन् ।

    ती मुद्दाहरु बृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै अधिवक्ताहरुले संयुक्त निवेदन दिएका थिए ।

    तर गत बुधवारको सुनुवाइमा छलफल नसकिएको भन्दै आज बहस गर्ने गरी हेर्दाहेर्दैमा राखिएको थियो ।
    साथै आज पनि त्यसै विषयमा बहस गरिने बताइएको छ ।

    शुरुमा ती रिटहरु एकल इजलासमा प्रारम्भिक सुनुवाइ गरी संवैधानिक इजलासमा पठाइएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij