
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको महाधिवेशनको एजेन्डा तय गर्न पार्टीको कार्यकारिणी समितिको बैठक बस्दैछ । बालकुमारीस्थित पार्टी कार्यालयमा शुक्रबार बस्ने बैठकमा महाधिवेशनको तयारीको समीक्षा र एजेन्डा तय गर्ने भनिएको छ ।
जेठ २७ देखि २९ गतेसम्म जनकपुरमा गर्ने तय भएको छ । महाधिवेशनका लागि विभिन्न दस्ताबेज लेख्ने काम सकिएको जसपाले जनाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीको नीति तथा कार्यक्रमको मस्यौदा लेखन काम सम्पन्न भएको छ । प्रतिवेदनको बारे बैठकमा छलफल गर्ने तयारी छ ।
साथै, पार्टीको सङ्गठित सदस्य तथा महाधिवेशन प्रतिनिधिको सन्दर्भमा पनि छलफल हुने बताइएको छ । सङ्गठित सदस्यको नाम प्रदेशबाट केन्द्रीय कार्यालयमा आइसकेका जसपाले जानकारी दिएको छ । नामलाई अन्तिम रूप दिने काम सङ्गठन विभागले गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij