
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालको प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।
कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीच सोल्टी होटलमा भएको वार्तामा नेपाल(कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गरेका छन् । कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्न यहाँ आइपुगेका हुन् । कतारी विशिष्ट अतिथि आजै १२ः४०मा काठमाडौंबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij