Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैन : प्रधानमन्त्री प्रचण्ड

हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैन : प्रधानमन्त्री प्रचण्ड

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले हतार गरेर हौसिएर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् ।

    images
    images
    images

    एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जाँदा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताएका हुन् ।

    उनले भने, 'अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । त्यति बेला समयभन्दा गाडी दौडिएको जस्तो लाग्छ । अहिले सहकार्य सुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊँ । सहकार्य गर्दै जाँदा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।' 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij