Logo

Jun 17 2026 | २०८३, असार ३ गते

Jun 17 2026 | २०८३, असार ३ गते

बोर्ड सदस्य नियुक्तिमा मेरो कुनै भूमिका छैन : पर्यटन मन्त्री तामाङ

बोर्ड सदस्य नियुक्तिमा मेरो कुनै भूमिका छैन : पर्यटन मन्त्री तामाङ

  • काठमाडौं । नेपाल पर्यटन बोर्डको तीन जना सदस्य नियुक्तिमा आफ्नो कुनै भूमिका नभएकोसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बताएका छन् । मन्त्री नियुक्त भएसँगै पहिलो पटक पत्रकारहरूसँग छलफलमा बसेका मन्त्री तामाङले आफू आउनु अगाडि नै बोर्ड सदस्यका लागि क्याबिनेटले सदस्य छनोट तथा सिफारिस समिति गठन गरेको र सोही समितिको सिफारिसको आधारमा छनोट भएको बताए । 

    onlinepatrika
    Arghakhachi

    ‘पर्यटन बोर्डको नवनियुक्त तीन जना सदस्य नै माओवादी निकट भयो, सदस्य छनोटमा विभागीय मन्त्रीको भूमिका रह्यो भन्नेमा कुनै सत्यता छैन’, मन्त्री तामाङले भने, ‘म आउनु अघिनै छनोट समिति बनिसकेको थियो र समितिले ५ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । संयोग म आएपछि बोर्ड सदस्य छनोट गरिएको । तर, यसमा मेरो भूमिका थियो भन्ने होइन ।’  

    AGNI GROUP

    मन्त्रिपरिषद्ले छनोट तथा सिफारिस समिति गठन गरेको र सोही अनुसार मन्त्रिपरिषद्ले सदस्य छनोट गरिएकाले यसमा कुनै दुबिधा राख्नु नपर्ने उनले बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट