
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाण्डौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने औपचारिक भ्रमणका क्रममा मंगलबार नेपाल आउँदैछन् । कतारले अमिरले पहिलोपटक नेपाल भ्रमण गर्न लागेका हुन् ।
कतारी अमिर फिलिपिन्स, बङ्गलादेश हुँदै नेपाल आउन लागेको नेपाल स्थित कतारको दूतावासले जनाएको छ । अमिरको यो भ्रमणबाट दुई देशको सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवम् सहकार्यका क्षेत्र विस्तारमा सहयोग पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।
अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij