
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । सर्बदलीय सरकार बनाउन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अपिल गरेका छन् ।
आज प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका सबै दलसहितको सर्बदलीय सरकार बनाएर संघियताको अभ्यास गर्न अपिल गरेका हुन् ।
उनले प्रदेशलाई अनिश्चिततातर्फ नधकेल्न आग्रह गर्दै संकल्प प्रस्ताव फिर्ता लिन समेत आग्रह गरेका छन् । उनले संकल्प प्रस्ताव संबिधान विपरित भएको भएको भन्दै आफु संबिधानभन्दा बाहिर नजाने स्पष्ट पारे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij