
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे नेकपा एमालेले विशेष पत्रकार सम्मेलन गर्न लागेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक भोलिबाट सुरु हुँदैछ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने बैठकबारे जानकारी दिनको लागि आज एमालेले पत्रकार सम्मेलन गर्न लागेको गौतमले बताए ।
बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij