
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री यादवले माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजवादीका एक जनालाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताका शपथ लिइसकेका छन् ।
माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह बिना विभागीय, युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटन र नेकपा एकीकृत समाजवादीबाट बेची लुंगेली बिना विभागीय मन्त्री बनेका छन् ।
साथै, एमालेकी शारदा देवी थापा गृह, सञ्चार तथा कानुन राज्यमन्त्री नियुक्त भएकी छन् । उनले पनि शपथ लिइसकेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij