Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मधेस प्रदेशमा सरकार विस्तार

मधेस प्रदेशमा सरकार विस्तार

  • काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले माओवादीबाट दुई जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री सामेल गर्दै सरकार विस्तार गरेका हुन् ।

    images
    images
    images

    माओवादीबाट भरतप्रसाद साह र युवराज भट्टराई मन्त्री बनेका छन् भने एकीकृत समाजवादीबाट बेची लुंगेली मन्त्री बनेका छन् । उनीहरुको आजै शपथ गराउने तयारी भएको छ ।

    यसअघि माओवादीबाट उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री रहेकी सुनिता यादवलाई भने राजीनामा गर्न लगाइएको छ भने राज्यमन्त्री रहबर अन्सारीलाई समेत फिर्ता बोलाइएको छ ।

    मधेस प्रदेशमा समा जसपाले मुख्यमन्त्रीसहित ४, एमालेले ४, एकीकृत समाजवादी र माओवादी केन्द्रले २-२ मन्त्रालय पाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij