काठमाडौं । बर्दियामा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-४ कैलाशनगर नयाँबस्तीका २२ वर्षीय अर्जुन सुनार छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले बुधबार बिहान सुनारलाई पक्राउ गरेको हो । गत चैत २१ गते सुनारले ती बालिकालाई बलात्कार गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ ।